आजको मौसम

आजको मौसम

हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भुभागहरुमा आन्शिक बदली को अवस्था रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागि रहेको छ।

दिउँसो स् पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।राती पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा सामान्यतया सफा रहने छ। 

साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।