बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा केहीबेरअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठक बसेको हो ।

बैठकमा राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि यही माघ १२ गतेको मिति तय गरेको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनको आवश्यक रणनीतिक विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बैठकमा निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि गरेको तयारी, प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा जनाउँदै आएको विरोध, कोरोना महामारीका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

विभिन्न ५ दलको समर्थनमा सञ्चालित सरकारलाई सहयोग गर्ने उदेश्यले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।

आजको बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, समितिका संयोजक रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरुको उपस्थिती रहेको छ ।