नेपालमा एकैदिन थपिए १० हजार २५८ जना कोरोना संक्रमित

नेपालमा एकैदिन थपिए १० हजार २५८ जना कोरोना संक्रमित

नेपालमा मंगलबार एकै दिन १० हजार बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ८७२ नमूनाको पीसीआर र ४ हजार ९५६ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ८ हजार ७३० र एन्टिजेन परीक्षणबाट १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी ५६२ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित छन्।