नयाँ ठाउँमा थप सुविधा सहित सञ्चालनमा आयो धनगढीको लोटस क्याफे

नयाँ ठाउँमा थप सुविधा सहित सञ्चालनमा आयो धनगढीको लोटस क्याफे

धनगढी । विगत तिन वर्ष देखी धनगढीमा सञ्चालित लोटस क्याफेले तेस्रो वार्षिक उत्सव मनाएको छ । 
होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा लामो अनुभव भएका टंक कठायत र खेम नाथ योगी द्वारा सञ्चालित क्याफे नयाँ ठाउँमा थप व्यवस्थापनका साथ सञ्चालनमा आएको हो । 

मंगलबार देखी धनगढी स्थित हसनपुरमा सञ्चालनमा आएको क्याफेमा ए सी युक्त रेस्टुरेन्ट, टीकटक जोन, छुट्टा छुट्टै क्याबिन, विषेश फोटो सुट, ३५/४५ जना अटाउने जन्मदिन मनाउने हल, फ्री होम डेलिभरी, सेमिनार हल, खुल्ला रेस्टुरेन्ट को व्यवस्था रहेको सञ्चालक टंक कठायतले जानकारी दिए । 

यस्तै, क्याफेमा इन्डियन, चाइनिज, तन्दुरी, नेपाली, कन्टीनेटल फुड, विभिन्न प्रकारका पेय पदार्थ र सबै प्रकारका आइसक्रिमको व्यवस्था रहेको अर्का सञ्चालक खेम नाथ योगीले बताए ।