बित्थडचिर ५ का वडाध्यक्ष सहित चार जना नेकपा एसमा प्रवेश

बित्थडचिर ५ का वडाध्यक्ष सहित चार जना नेकपा एसमा प्रवेश

धनगढी । नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य एवम् बित्थडचिर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष करवीर बोहोरा सहित चार जनाले हिजो नेपाल कम्युनिस्ट पार्टी  परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन् । 

नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका वडा अध्यक्ष सहित चारै जना  लाई पार्टी केन्द्रीय सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्री र केन्द्रीय सदस्य मोहन गौतमले फूलमाला अबिर र खादा सहित  मङ्गलवार स्वागत गरेका थिए । 

वडा अध्यक्ष बोहरा यश अघि नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य थिए भने २०७४ सालको चुनावमा नेकपा एमाले  परित्याग गरी नेपाली काङ्ग्रेस बाट वडा अध्यक्षको टिकट लिइ विजयी भएका थिए । त्यसै अवधिमा पाच वर्षको कार्यकाल नसकिदै बोहरा नेपाली काङ्ग्रेस लाई परित्याग गरी फेरि नेकपा एमालेमै प्रवेश गरेका थिए भने अन्तिममा आएर बोहरा नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका हुन ।

केही दिन अघि मात्रै सम्पर्कमा आएका वडा अध्यक्ष बोहरा बिगत ५/६ महिना देखी वडा सदस्य लाई कार्यवाहक राखी आफू बाहिर रहेकाले वडा अध्यक्ष नहुदा वडा बाट पाउनुपर्ने सुबिधा बाट स्थानीय सर्वसाधारणले ठुलो सास्ती बेहोर्नु परेको स्थानीय बासीहरूले बताएका छन् ।