सुदूरपश्चिममा एकैदिन थपिए ५३४ जना कोरोना संक्रमित

सुदूरपश्चिममा एकैदिन थपिए ५३४ जना कोरोना संक्रमित

धनगढी । बिहीबार सुदूरपश्चिम प्रदेशमा थप ५३४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा दुई हजार २८६ नमुना परीक्षण गरिएकोमा थप ५३४ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ३९५ नमुना पिसिआर विधिबाट परीक्षण गर्दा २३९ जना र एक हजार ८९१ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा २९५ जना गरी थप ५३४ जनामा पोजेटिभ देखिएको हो । २४ घण्टामा १२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

आज भारतबाट फर्किएका १५५ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गौरीफन्टा नाकामा ७४ जना, गड्डाचौकी नाकामा ७६ जना, झुलाघाट नाकामा चार जना र पुलघाट नाका दार्चुलामा एक जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।