मौसममा सुधार आउन अझै केही दिन लाग्न सक्छ : मौसम पूर्वानुमान

मौसममा सुधार आउन अझै केही दिन लाग्न सक्छ : मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षारहिमपात भईरहेको छ ।

आज शुक्रबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । हरेक प्रदेशका एकरदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । 

यसैगरी, शनिबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने उनले बताए । ‘देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ,’ उनले भने, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसममा पुर्णतः सुधार आउन अझै केही दिन लाग्न सक्ने  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।