नेविसंघको महाधिवेशन कात्तिकमा

नेविसंघको महाधिवेशन कात्तिकमा

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आगामी कात्तिक २३ गतेभित्र नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गर्ने बताउनुभएको छ ।

उहाँले त्यसका लागि नेविसंघको निर्देशन समितिको बैठक चलिरहेको र त्यस समितिले छिट्टै मिति घोषणा गर्ने जानकारी पनि दिनुभयो ।

रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा महरले नेपाल विद्यार्थी संघ विधिभित्र रहेर सञ्चालन भइरहेको दाबी गर्नुभयो ।

उहाले नेविसंघभित्र गलत निर्णय नगरेको ,असन्तुष्ट पक्षसँग पनि छिटै मिलाप हुने र एकताबद्ध हुने बताउनुभयो ।

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान अध्यक्षले मनोमानि गरेको र नेविसंघ विधिसम्मत नचलेको बताउनुभयो ।

उहाले २२ सदस्यीय पदाधिकारीलाई विधान विपरित अध्यक्ष महरले तीन जना थपेर २५ पु¥याएको बताउनुभयो । उहाले नेविसंघका २२ जिल्लामा विवाद रहेको दाबी गर्नुभयो ।