अछामका एकजना वडा अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

धनगढी खबर    

अछामका एकजना वडा अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

धनगढी । अछाममा नेकपा एमालेबाट निर्वाचित एकजना वडा अध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम जैशी शुक्रबार एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । 



शुक्रबार ०७, माघ २०७८ ०५:२३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस