काठमाडौँका सबै सङ्ग्रहालय बन्द

धनगढी खबर    

काठमाडौँका सबै सङ्ग्रहालय बन्द

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालय, नारायणहिटी, पाटन, ललितपुरको सङ्ग्रहालय अर्को सूचना नआउन्जेलका लागि शनिबारबाट बन्द गरिएका छन् ।

काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालका अनुसार सबै कार्यालयलाई बैठकको निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको छ।हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालका अनुसार प्रशासन कार्यालयको निर्णयबमोजिम शनिबारबाट सङ्ग्रहालय बन्द गरिएका छन् । 



आइतबार ०९, माघ २०७८ ०८:२८ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस