पछिल्लो २४ घण्टामा २७ लाखबढी कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ३५ करोड नजिक पुग्यो

पछिल्लो २४ घण्टामा २७ लाखबढी कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ३५ करोड नजिक पुग्यो

विश्वभर कोरोना संक्रमितको संख्या ३५ करोड नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ लाख ३३ हजार जना कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ३४ करोड ९६ लाख ४५ हजार पुगेको छ ।

थपिनेमा फ्रान्समा ३ लाख ८९ हजार, अमेरिकामा ३ लाख ९ हजार, ब्राजिलमा २ लाख २ हजार, इटलीमा एक लाख ७१ हजार, जर्मनीमा एक लाख ५ हजार, बेलायतमा ७६ हजार, टर्कीमा ७२ हजार र रुसमा ५७ हजार छन् ।

संक्रमणमुक्त हुनेमा इटलीमा एक लाख ४८ हजार, अर्जेन्टिमा एक लाख २४ हजार, बेलायतमा ९७ हजार, टर्कीमा ८९ हजार, फ्रान्समा ५८ हजार, अमेरिकामा ५४ हजार र रुसमा २५ हजार छन् ।

मृत्यु हुनेमा अमेरिकामा ८२५, रुसमा ६८१, ब्राजिल ३३२, बेलायतमा २९७ हजार, इटलीमा २८९, टर्कीमा १८४ र जर्मनी १०४ जना छन् ।