एसईई बैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने बोर्डको निर्णय

एसईई बैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो वैशाख महिनामा गर्ने भएको छ ।शनिबार बसेको बोर्डको बैठकले आगामी वैशाखको सुरुबाटै एसईई परीक्षा सञ्चालन हुने निर्णय गरेको हो ।

त्यसका लागि परीक्षा तालिका केही दिनमा सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । साथै उनले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरिएको समेत बताए । उनले एसईई बैशाखमा र १२ कक्षाको परीक्षा जेठमा हुने भन्दै तयारीमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे ।

वैशाख महिनामा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने उनको भनाई छ । त्यस्तै बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी थालेको जनाएको छ ।

संविधानले, शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको अध्यक्ष शर्माले बताए ।