प्रचण्ड पत्नी कोरोना संक्रमण पछि आइसीयू भर्ना

प्रचण्ड पत्नी कोरोना संक्रमण पछि आइसीयू भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण भएपछि उनको स्वास्थ्यमा जटिलता आएको छ।

स्वास्थ्य जटिलताका कारण सीताको मेडिसिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। 

उनको तीन दिनदेखि अस्पतालमा उपचार भइरहेको र उनमा निमोनियासमेत देखिएको अस्पताल प्रशासनले जनाएको छ।