सुनको मूल्य तोलमा ६० हजार २०० कायम

सुनको मूल्य तोलमा ६० हजार २०० कायम

बिहीबार सुनको मूल्यमा गिरावत आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ ६० हजार २०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार सुनको भाउ तोलमा ६० हजार ७०० मा कारोबार भएको थियो । 

यस्तै बिहीबार तेजाबी सुनको भाउ तोलमा ५९ हजार ९०० रहेर कारोबार भइरहेको छ । चाँदी भने आज रु ७३५ मा कारोबार भइरहेको छ। बुधबारको तुलनामा चाँदीको भाउ रु ५ ले कमी आएको हो ।