कैलालीमा मास्क अभियानलाई प्रभावकारी बनाउन सिडिओ र एसपी नै सडकमा

कैलालीमा मास्क अभियानलाई प्रभावकारी बनाउन सिडिओ र एसपी नै सडकमा

धनगढी । कैलालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले रोकथाम तथा न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रिय भएको छ ।

मास्क अभियानलाई प्रभावकारी बनाउन आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारी सहितको टोलीले धनगढी बजारमा मास्क वितरण गरेको हो ।

प्रमुख जिल्ला अधिकार थापा र एसपी अधिकारीसहितले बजारमा घुमिघुमी मास्क नलाएकाहरूलाई मास्क लगाउन आग्रह गरेका हुन् । कोभिड-१९ को जोखिम बढ्दै गएकाले सबैले अनिवार्य मास्क लगाऔं सहितको व्यानर बोकेर सिडिओ र एसपीको टोली मास्क अभियानलाई प्रभावकारी बनाउन फेरि सक्रिय भएको हो ।

संक्रमण बढ्दै गए पनि सर्वसाधारणहरूमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि स्थानीय प्रशासनले कडाइ गर्ने भएको हो । कैलाली जिल्लामा पनि कोरोना संक्रमण दैनिक उकालो लागिरहेको छ ।

सिडिओ र एसपी नै सडकमा तस्विरमा हेर्नुहोस् :

No description available.No description available.No description available.No description available.No description available.