नेपालमा थप २८ जनामा 'ओमिक्रोन भेरियन्ट' संक्रमण पुष्टि

नेपालमा थप २८ जनामा 'ओमिक्रोन भेरियन्ट' संक्रमण पुष्टि

नेपालमा थप २८ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियण्ट भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितमध्ये पछिल्लोपटक ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियण्ट पुष्टि भएको जानकारी दिएको छ। 

यस्तै चार जनामा डेल्टा भेरियण्टको संक्रमण देखिएको मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए। 

यसले डेल्टा भेरियण्टलाई नेपालमा पनि ओमिक्रोनले विस्थापित गर्दै गएको देखाएको भन्दै उनले सतर्कता अपनाउन आग्रह गरे। गत २४ घण्टामा गरिएको परीक्षणबाट नेपालमा थप छ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ।