दार्चुलामा माघ १२ गतेदेखि १४ गतेसम्म बुस्टर डोज लगाइने

प्रकाशचन्द्र भट्ट    

दार्चुलामा माघ १२ गतेदेखि १४ गतेसम्म बुस्टर डोज लगाइने
फाइल तस्विर

दार्चुला । दार्चुलामा यहि माघ १२ गतेदेखि बुस्टर डोज दिइने भएको छ । यसअघि कोरोना भाइरसविरुद्धको दुबै मात्रा खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो । पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ ।

आइतवार कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले १२ गतेदेखि १४ गतेसम्म (तीन दिन) बुस्टर डोज लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

जिल्लालाई बुस्टर खोपका लागि १० हजार २ सय डोज प्राप्त भएको उनले बताए । जसमा कोभिशिल्ड र भेरोसेल खोप रहेको छ । बुस्टर डोज स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका, सरसफाइकर्मी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, जनप्रतिनिधि, एम्बुलेन्स तथा शवबाहान चालक र सार्वजनिक सेवाका कर्मचारी लगायत अग्रपंक्तिमा खटिनेहरूलाई दिइनेछ ।

यस्तै जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्गरु र तिंकरका बासिन्दालाई पनि भेरोसेलको बुस्टर डोज दिइने जनाइएको छ । जिल्लाका ९ वटै स्थानीय तहका स्वास्थ्य चौकी तथा अस्पतालहरुमा खोप केन्द्र तोकिएको छ ।



आइतबार ०९, माघ २०७८ ०६:३४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस