धनगढीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी । कैलालीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरका ७७ वर्षीय वृद्धको मृत्यु भएको हो ।

उनको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

उनलाई यही माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको र अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।