अर्को सूचना नआएसम्मका लागि राष्ट्रिय महिला लिग स्थगित

अर्को सूचना नआएसम्मका लागि राष्ट्रिय महिला लिग स्थगित

यही माघ १५ गतेबाट आयोजना गरिएको राष्ट्रिय महिला लिग स्थगित भएको छ। अखिल नेपाल फुटबल संघले पछिल्लो केन्द्रीय समितिको बैठकबाट प्रतियोगिता आयोजना गर्ने निर्णय गरे पनि कोभिड १९ को महामारीको कारण प्रतियोगिता स्थगित भएको हो।

पछिल्लो वर्ष ७ टिमको सहभागिता रहेको महिला लिगमा यो वर्ष आठ टिमको सहभागिता रहने छ। पछिल्लो वर्ष लिग तालिकाको पुछारमा रहेको चौदण्डीगढी रेलिगेसनमा परेको थियो। लिगका सबै खेलमा हार बेहोरेको चौदण्डीगढी रेलिगेसनमा परेको थियो।

त्यसपछि एन्फाले महिला लिग छनोट आयोजना गरेको थियो। सो छनोटको फाइनलमा पुगेका दुई टिमले अब महिला लिग खेल्ने पाउनेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न छनोट खेलमा ललितपुर र धनगढी फाइनलमा पुगेको थिए।

तर, लिग सुरु हुनुभन्दा एक हप्तापूर्व मात्र एन्फाले अर्को सूचना नआएसम्मका लागि भन्दै लिग स्थगित गरेको हो।