ओस्कारका लागि छानिए उत्कृष्ट चलचित्र

ओस्कारका लागि छानिए उत्कृष्ट चलचित्र

ओस्कारको ९४ औं संस्करणमा उत्कृष्ट चलचित्रहरू सार्वजनिक गरिएको छ ।

दी एकेडेमी अफ मोचर पिक्चर आर्टस् एन्ड साइन्सेसले विभिन्न देशका २७६ चलचित्रबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।
आयोजकका अनुसार भारतका दुई चलचित्र समेत समावेश भएको छ । 

उत्कृष्ट फिल्मको सूचीमा सूर्याको अभिनय रहेको ‘जय भिम’ र मोहनलालको अभिनय रहेको ‘माराक्कर’ पनि रहेको छ ।

ओस्कारको भोटिङ जनवरी २७ देखि शुरू भएर फेब्रुअरी १ सम्म चल्नेछ । 

भोटिङमा सर्वोत्तम मत ल्याउने चलचित्रको सूची फेब्रुअरी ८ मा सार्वजनिक हुनेछ ।