बाघको आक्रमणबाट दुई जना घाईते

बाघको आक्रमणबाट दुई जना घाईते

कैलाली : कैलालीको टीकापुर नगरपालीका वडा नम्बर १ ब्लक नम्बर ९ मा  बाघको आक्रमणमा परि दुई जना घाईते भएका छन ।

घाईते हुनेमा  ट्राफिक प्रहरी जवान भक्तराज धिताल  र एक जना बालक सम्राट शाह घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

मानिसहरुको आवागमन बन्द गरेर सुरक्षा प्रवन्ध मिलाउने वेला धिताललाई बाघले आक्रमण गरेको जनाएको छ  । बाघ बिच बजारमा पसेकाले त्याहाका स्थानीयबासीमा त्रास छाएको छ । बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्ने आशंका गरिएको छ ।