कैलालीमा हायस ट्रकको पछाडि ठोक्किँदा १६ जना घाइते (नामसहित)

कैलालीमा हायस ट्रकको पछाडि ठोक्किँदा १६ जना घाइते (नामसहित)

धनगढी । कैलालीमा ट्रकको पछाडिबाट हायस ठोक्किँदा दुर्घटना भएको छ ।

जिल्लाको धनगढी–अत्तरिया ६ लेन सडकमा आज बिहान अत्तरीयाबाट धनगढी तर्फ आउँदै गरेको ल ना ४ ख १९१५ नम्बरको ट्रकमा सुपप्र ०२ ००१ ख ११६६ नम्बरको हायस पछाडिबाट ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । कैलाली गौरीगंगानगरपालिका ९ बस्ने ३५ बर्षीय धर्म राज जोशीले चलाएको हायस ट्रकमा ठोक्किएको हो । घाइतेहरुको अत्तरिया र धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको नामसहित :

१. उईङगर चालक जि. कै. गौरीगंगा  न.पा. ९ बस्ने बर्ष ३५ को धर्म राज जोशी माया मेट्रो धनगढीमा उपचार भई रहेको ।

२. भारत लखनउ बस्ने बर्ष ३५ को चन्द्री रावत पदमा अस्पताल अत्तरीयामा उपचार भई रहेको ।

३. ऐ.ऐ. बस्ने बर्ष २७ महेन्द्र रावत माया मेट्रो धनगढीमा उपचार भईरहेको ।

४. ऐ.ऐ. बस्ने बर्ष १९ को अबजित रावत पदमा अस्पताल अत्तरीयामा उपचार भईरहेको ।

५. जि.कै.धनगढी उ.म.न.पा.अन्तर्गत बस्ने बर्ष २५ की अमृता चन्द पदमा अस्पताल अत्तरीयामा उपचार भईरहेको ।

६. जि.कञ्चनपुर भिमदत्त न.पा.१९ बस्ने बर्ष २३ की सारदा भट्ट पदमा अस्पताल अत्तरीयामा उपचार भईरहेको ।

७. ऐ.ऐ.१८ बस्ने बर्ष २८ की पुष्पा भट्ट पदमा अस्पताल अत्तरीयामा उपचार भईरहेको ।

८. जि.कै.धनगढी उ.म.न.पा.२ बस्ने बर्ष ३३ की बिमला जोशी माया मेट्रो धनगढीमा उपचार भईरहेको ।

९. ऐ.ऐ.बस्ने बर्ष १३ की दिपिका जोशी पदमा अस्पताल अत्तरीयामा उपचार भईरहेको ।

१०. जि.कञ्चनपुर शुक्लाफाटा न.पा.७ बस्ने बर्ष ५० को मनि जोशी पदमा अस्पताल अत्तरीयामा उपचार भईरहेको ।

११. ऐ.ऐ. बस्ने बर्ष ३८ को रमेश जोशी पदमा अस्पतालमा अत्तरीया उपचार भई रहेको ।

१२. ऐ.भिमदत्त न.पा.२ बस्ने बर्ष ४० को गोबिन्द भट्ट पदमा अस्पताल अत्तरीयामा उपचार भईरहेको ।

१३. भारत लखनउ बस्ने बर्ष ५० को रुपन हरिजन पदमा अस्पताल अत्तरीयामा उपचार भईरहेको ।

१४. ऐ.ऐ.बस्ने बर्ष ३६ को किशोर हरीजन पदमा अस्पताल अत्तरीयामा उपचार भईरहेको ।

१५. ऐ.ऐ.बस्ने बर्ष २५ को प्रेम कुँबर पदमा अस्पताल अत्तरीयामा भईरहेको ।

१६. ऐ.ऐ.बस्ने बर्ष २५ की रजनी हरिजन पदमा अस्पताल अत्तरीयामा उपचार भईरहेको ।