भारतमा ४ बालबालिकासहित १६ बिरामीमा ओमिक्रोनको सब भेरियन्ट बीए–२ फेला

भारतमा ४ बालबालिकासहित १६ बिरामीमा ओमिक्रोनको सब भेरियन्ट बीए–२ फेला

संसारभरी कहर निम्त्याइरहेको ओमिक्रोनका बीच भाइरसको अर्को नयाँ भेरियन्टको खतरा देखिएको छ । यो भेरियन्टलाई बीए–२ नाम दिइएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा ओमिक्रोनको सब भेरियन्ट बीए–२ फेला परेको छ ।

ओमिक्रोनको नयाँ भेरियन्टद्वारा शहरमा १६ जना संक्रमित भेटिएका छन् । यीमध्ये ६ बालबालिका छन् । भारतभरीका ५३० स्याम्पललाई अनुसन्धानका लागि पठाइएको छ । 

बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यसका संक्रमित भेटिएका छन् । यो भेरियन्ट ओमिक्रोन जस्तै तीब्र रुपमा फैलिन्छ । यस्तोमा यसको पहिचान नहुँदा यसको संक्रमण रोक्न निकै ठूलो चुनौती हो । चिन्ताको विषय यो हो कि यो टेस्ट किटमा पनि देखिँदैन ।

त्यसैले यसलाई ‘स्टेल्थ’ अर्थात् अर्थात् लुकेको भर्सन बताइँदैछ । बेलायत, स्विडेन र सिंगापुरमध्ये हरेक देशले सयभन्दा बढी स्याम्पल अनुसन्धानको लागि पठाएको  छ ।