सेती प्रयोगशालामा थप १६७ जनामा कोरोना संक्रमण

सेती प्रयोगशालामा थप १६७ जनामा कोरोना संक्रमण

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७६ नमुना परीक्षण गरिएकोमा थप १६७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा दुई जना संक्रमित निको भई अस्पतालबाट डिीचार्ज भएका छन् । भने ९ जना नयाँ कोरोना संक्रमित विरामी अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा १९ जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।

ती मध्ये दुई जना संक्रमित विरामीको आइसियुमा उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका १ का ७७ बर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ ।