सुदूरपश्चिम प्रदेशबाट सरुवा भएका ट्राफिक प्रमुख गौतमले गरेका कामहरू यी हुन् (विवरण सहित)

सुदूरपश्चिम प्रदेशबाट सरुवा भएका ट्राफिक प्रमुख गौतमले गरेका कामहरू यी हुन् (विवरण सहित)

धनगढी । हालसालै सरुवा भएका सुदूरपश्चिम प्रदेशको ट्राफिक प्रमुखको जिम्मेवारी सम्हालिरहेका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले गरेका कामहरूको विवरण सार्वजनिक गरिएको छ । 

गौतमले 'सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको अभिलाषा, प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा स्थानीय तहको सहभागिता' नारालाई आत्मसाथ गर्दै सम्पादन गरेका कामहरूको कार्य विवरणहरू सार्वजनिक गरिएको हो । 

यस्ता छन् ट्राफिक प्रमुख गौतमले आफ्नो कार्यकालमा गरेका कामहरू बुँदागत रूपमा हेर्नुहोस् :

- नियमित चेकिङ ।
- मा.प.से.चेकिङ ।
- लामो दुरीको सार्वजनिक सवारी साधनहरुमा ट्राफिक Apps प्रयोग गरिएको ।
- कैलाली र कञ्चनपुरमा पर्ने राजमार्ग क्षेत्रमा चिसापानी देखि गड्डाचौकी सम्म बिभिन्न
१३ स्थानहरुमा राजमार्ग सुरक्षा दुर्घटना न्युनिकरण समन्वय समिती गठन गरिएको ।
- कैलाली जिल्लाको ,बौनिया,पहलवानपुर,स्याउले बजार,सत्तीमा कञ्चनपुरको
दैजीमा,अछामको बेलखेत र बैतडी जिल्लाको सतबाँझमा गरि जम्मा यस
आ.व.०७७/०७८ मा ७ वटा नयाँ अस्थाई ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको ।
- चालु आ.व.२०७८/०७९ मा दार्चुला जिल्लाको मालिकार्जुनमा नयाँ ट्राफिक पोष्ट
स्थापना गरिएको ।
- तिब्र गतिबाट सृजित सवारी दुर्घटना न्युनिकरण गर्नका लागि पहाडी जिल्ला
डडेल्धुरा,डोटी तथा तराईका जिल्लाहरु कैलाली र कञ्चनपुरमा लागु हुने गरि
सार्वजनिक सवारी साधनहरुमा पुनः Time Card प्रयोगमा ल्याईएको ।
- जनचेतनामूलक तथा सचेतनामूलक कार्यक्रमका लागि जानकारीमूलक पर्चा पम्पलेट
छाप्न लगाई यात्रु,सवारी चालक तथा सह चालकहरुलाई ३५,०००।- पर्चा पम्पलेट
बितरण गरिएको ।
- सवारी ऐन नियम समाबेश गरि चालक सह चालक तथा यात्रु वर्गहरुले अवलम्बन गर्नु
पर्ने कुराहरु समेटी जिंगल तयार पारी प्रचार पसार गरिएको ।
- प्रबिधि मैत्री ट्राफिक ब्यवस्थापन सहज पार्न यस प्रदेश अन्तर्गत बिभिन्न जिल्लाहरुमा
आवश्यक पर्ने ट्राफिक उपकरणहरुको कार्य योजना तयार पारी प्रदेश सरकार समक्ष
कार्य योजना प्रस्तुत गरिएको ।
- प्रबिधि मैत्री ट्राफिक ब्यवस्थापनका लागि कैलालीको अत्तरिया,धनगढी र कञ्चनपुर
जिल्लामा थान-७ गोप्रो क्यामेरा प्रयोगमा ल्याई कार्य सम्पादन भैरहेको ।

- यातायात व्यवसायी तथा सडक सरोकारवाल पक्षहरु संग COVID-19 कोरोना
भाईरस संक्रमण रोकथाम गरि सवारी साधन संचालन गर्न बिभिन्न समयमा छलफल
तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको ।
- सवारी चालक ,सह-चालक तथा सर्वसाधारणहरुसंग नम्र तथा शिष्ट व्यबहार पर्दशनमा
जोड दिई नमस्ते शब्द प्रयोगमा ल्याईएको ।
- दशै,तिहार तथा छठ पर्वको अवसरमा यात्रु वर्गहरुमा हुन सक्ने बढी
भाडा,डकैती,चोरी,लुटपाट जस्ता घटनाहरुलाई न्युनिकरण गर्न र ओभरलोड,छतको
यात्रा,मा.प.से. जस्ता कानुन बिपरितका कार्यहरु निरुत्साहित गर्न सुरक्षा योजना
बनाई कार्यान्वयनमा ल्याइएको ।
- प्रभावकारी ट्राफिक व्यवस्थापना गर्न यस सुदूरपश्चिम प्रदेश भरि जन्मा ४५० थान
ट्राफिक कोण राखिएको । ( कार्यालय प्रमुखको व्याक्तिगत प्रयासबाट ३०० थान )

- राजमार्ग तथा शाखा सडक समेतमा गरी ६० थान CCTV जडान गरिएको ।
- अस्थाई ट्राफिक प्रहरी पोष्ट फुलवारीको लागि जग्गा उपलब्ध गराई भवन निर्माण कार्य
सम्पन्न भएको ।
- जनचेतनामुलक बोर्ड सहितको ट्राफिक डमी ( नमुना ट्राफिक ) कैलालीको अत्तरिया र
धनगढी जिल्लाको महेन्द्रनगरमा गरि जम्मा ७ वटा राखिएको ।
- लिडार स्पीड गन थान-१ प्राप्त गरि( तिब्र गति नियन्त्रणका लागि ) अत्तरिया क्षेत्रमा
प्रयोगमा ल्याईएको साथै सवै जिल्लाहरुमा समेत १/१ थान लिडार स्पिड गन
पुर्‍याउने लक्ष्य राखिएको ।
- अबैध रुपमा चोरी निकासी गरि सञ्चालनमा रहेका ५१ थान मो.सा. (अन्दाजी रकम
३१,००,०००।- ) नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय
कैलालीमा पठाईएको ।
- सडक डिभिजन कार्यालय महेन्द्रनगर संग आवश्यक समन्वय गरी बिभिन्न स्थानहरुमा
४० थान गति सिमित बोर्डहरु राख्न लगाईएको ।
- सरोकारवाला निकायहरु संग आवश्यक छलफल तथा अन्तरक्रिया ४७ पटकमा
२१७१५ जना ।
- डिजिटल सुचना बोर्ड थान-१ तथा पार्किङ बोर्ड थान १९ राखिएको ।
- ह्वील लक ६ थान तथा चेन लक २ थान प्राप्त गरि कार्य सम्पादन गरिएको ।

- सवारी दुर्घटना,राजश्व संकलन , जनचेतनामुलक तथा समसामयिक घटनाहरुको
बारेमा रेडियो तथा टि.भी.मा २३ पटक प्रत्यक्ष अन्तर्वाता कार्यक्रम सम्पन्न गरिएको ।
- प्रबिधि मैत्री ट्राफिक ब्यवस्थापनका लागि यस प्रदेश अन्तर्गत कैलालीको अत्तरिया ५
थान , धनगढी १ थान र कञ्चनपुर जिल्लामा थान-१ गरि जम्मा ७ थान गोप्रो क्यामेरा
सहित चेकजाँचमा कडाइ पारिएको ।
- कैलालीको धनगढी बजारमा अव्यवस्थित रुपले पार्किङ गरिएका नेपाल आयल
निगमका ट्याङ्करहरुलाइ पार्किङको ब्यवस्था मिलाईएकोमा स्थानियहरुको बिरोधका
कारण पुनः सडकमा नै पार्किङ गरिएको हुँदा पार्किङ स्थल व्यवस्थापन गर्न आयल
निगम संग आवश्यक समन्वय गरि पार्किङको व्यवस्था मिलाईएको ।।
- कैलाली कञ्चनपुर लगायत ९ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुमा चाड पर्व
बिशेषलाई ध्यानमा राखी बिभिन्न ५१ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको

- कैलालीको सुख्खड साढेपानीमा रिफ्रेसमेन्टर निर्माण गरि सञ्चालनमा ल्याई थप
ब्यवस्थापन गरि उद्घघाटनको अवस्थामा रहेको ।
- कैलालीको साढेपानीमा जग्गा प्राप्ती गरि ट्राफिक प्रहरीका लागि कार्यालय तथा
आवाशको व्यवस्था मिलाईएको ।
- कैलालीको सुख्खड,फुलवारी र बझाङ जिल्लामा स्थानिय तहबाट जम्मा ३ थान
मो.सा.प्राप्त गरिएको ।
- नया सवारी चालक अनुमती प्राप्त गरेका व्याक्तिहरुलाई कैलाली र कञ्चनपुरमा गरि
२२ पटकमा १२२० जना चालकहरुलाई ट्राफिक नियम सम्बन्धि २ घण्टा प्रशिक्षण
कक्षा सञ्चालन गरिएको ।
- ट्राफिक नियन्त्रण प्र.ह./प्र.ज. तालिम प्रथम समुहको तालिम सम्पन्न गरि २ जना प्र.ह.
र २८ जना प्र.ज.( २ जना महिला) उक्त तालिमबाट लाभान्वित भएको ।

- यस प्रदेश ट्राफिक प्रहरी कार्यालय परिसर भित्र तथा मातहत जिल्ला ट्राफिक प्रहरी
कार्यालय कैलाली र कञ्चनपुरको कार्यालय परिसर भित्र बिभिन्न प्रजातिका ५२४ बोट
बिरुवाहरुको बृक्षारोपण गरिएको ।
- कर्मचारीहरु संग अन्तरब्याक्तिक सम्बन्ध सुधार कार्यक्रम अन्तर्गत दशै,तिहार।नया
वर्ष,होली अषार १५ तथा तिजको अवसरमा दर खुवाउने जस्ता चाडपर्वको अवसरमा
सामान्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको ।

- कोरोना भाईरसको दोस्रो लहरलाई नियन्त्रण गर्न चालक तथा यात्रु बर्गहरुलाई
अनिवार्य मास्क,सेनेटाईजरको प्रयोग गरि सामाजिक दुरी कायम गर्ने कार्यमा सम्पुर्ण
ट्राफिक प्रहरी जनशक्ती परिचालन गरिएको ।
- अत्तरिया बजारमा रहेका ब्यापारिक स्थान तथा अत्तरिया चोकमा सञ्चालन भैरहेका
सवारी साधनहरुलाई तपाइको मास्क खै !! अभियानको रुपमा संञ्चालन गरि टपक-
पटक ५०००० (पचास हजार )थान मास्क बितरण गरिएको ।
- कैलालीको यातायात व्यवस्थापनका लागि कैलाली बजार क्षेत्रमा सञ्चालन हुने
टेम्पो,रिक्साहरुलाई जोर बिजोर प्रणाली लागु गराउन आवश्यक समन्वय गरि ट्राफिक
ब्यवस्थापन सुचारु गरिएको ।
- बढी भिड भाड हुने तथा मुख्य सहरहरुलाई ONE WAY प्रणाली लागु गरिएको ।
- अत्तरिया चोकमा Digital Traffic Light को ब्यवस्थाका लागि निरन्तर सम्बद्ध
निकायहरु संग समन्वय गरिप्रयास भैरहेको ।

आ.व.२०७७/०७८ सालको राजश्व कारबाही बिवरण:-

-सुदूरपश्चिम प्रदेशकै सबै बर्ष भन्दा बढी राजश्व संकलन गरिएको ।
सि.नं. आ.व.२०७७/०७८ कारबाही संख्या राजश्व
१ गत आ.व.०७७/०७८ ७९०८९ ४,५७,६७,०००।-
चा.लु.आ.व.२०७८/०८९ सालको पौस महिनाको २६ गते सम्मको राजश्व

कारबाही बिवरण:-

सि.नं. आ.व.२०७८/०७९ कारबाही संख्या राजश्व
१ श्रावण ७८२८ ४४,२५,५००।-
२ भाद्र ७७०२ ४२,७७,५००।-
३ असोज ८२४२ ४६,३३,०००।-
४ कार्तिक ४७३० ४३,६८,५००।-
५ मंसिर ८३०९ ४५,८८,०००।-
६ पौष महिनाको १ देखि

२६ ६२४७ ३४,२०,०००।-

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत :-

- समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कर्मचारीहरुको स्वास्थ्य तथा संबेदनशिल
अंग आँखाको सुरक्षालाई मध्यनजर गर्दै यस सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयमा
निशुल्क २ दिने आँखा सिविर संचालन गरि १४६ जना प्रहरी कर्मचारीहरु लाभन्वित भएको

- समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७८।०३।१० गते यस सुदूरपश्चिम प्रदेश
ट्राफिक प्रहरी कार्यालय अत्तरिया र सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल अत्तरिया,
कैलालीको आयोजनामा तथा ग्लोबल आई.एम.ई बैंक अत्तरिया कैलालीको प्रायोजनमा
सञ्चालन गरिएको निशुल्क १ (एक) दिने स्वास्थ्य परीक्षण तथा ल्याव टेष्ट शिबिरमा ६८
जना प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य परीक्षण तथा नि-शुल्क स्वास्थ्य परामर्श प्रदान
गरिएको ।

- सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ यस
कार्यालय परिसरमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७ संचालन गरिएको !
- समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न ३५२ स्थानहरुमा जनचेतनामुलक बोर्ड
राखिएको ।