सेती प्रयोगशालामा थप २५६ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रयोगशालामा थप २५६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २५६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा चार सय नमुना परीक्षण गर्दा थप २५६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा दुई जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने  पाँचजना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा २२ जना संक्रमित विरामी उपचाररत छन् । ती मध्ये एक जनाको आइसियुमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।