प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल डिस्चार्ज हुनुभएको छ।कोरोना संक्रमण पुष्टि भएपछि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएकी दाहाल मंगलबार डिस्चार्ज हुनुभएको हो।

शुक्रबार मेडिसिटी अस्पताल भर्ना भएर आईसीयूमा उपचारपछि उहाँ मंगलबार डिस्चार्ज हुनुभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाले जानकारी दिनुभयो।

दाहालको उपचारमा वरिष्ठ नशारोग विशेषज्ञ डा. बाबुराम पोखरेल नेतृत्वको टोली खटिएको थियो। अस्पतालले केही असर देखिए लगत्तै थप उपचारका लागि अस्पताल भर्ना हुन आग्रह गर्दै डिस्चार्ज गरेको विज्ञप्तिमा उल्लेख छ।