सुदूरपश्चिममा एकै दिन थपिए ६५२ जना कोरोना संक्रमित

सुदूरपश्चिममा एकै दिन थपिए ६५२ जना कोरोना संक्रमित

धनगढी । मंगलबार सुदूरपश्चिम प्रदेशमा थप ६५२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार ९७३ नमुना परीक्षण गर्दा थप ६५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार पाँच सय नमुना पिसिआर गर्दा ३२६ जना र एक हजार ४७३ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२६ जनामा संक्रमण देखिएको हो । यस्तै २४ घण्टामा १३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ११६ जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा ५४ जना, गड्डाचौकी नाकामा ५७ जना, झुलाघाट नाकामा तीनजना र पुलघाट नाका र जोलजिमी नाका दार्चुलामा एक एक जना गरी ११६ जनामा संक्रमण देखिएको हो ।