सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यका लागि मतदान शुरू

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यका लागि मतदान शुरू

धनगढी । राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी, मधेश लगायतका प्रदेशहरूमा मतदान जारी छ ।

सुदूरपश्चिममा रिक्त रहेका तीन वटा राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा केहीबेर अघि मतदान शुरू भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्र ‘ख’ मा भोट खसालिरहेका छन् ।

सुदूरपश्चिममा सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा छ । ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी २२७ जनाले मतदान गर्ने भएका हुन् ।यसैगरी मधेश प्रदेशमा पनि मतदान जारी छ ।