नेपालको जनगणनामा समेटियो लिपुलेक, लिम्पियाधुराको जनसंख्या

नेपालको जनगणनामा समेटियो लिपुलेक, लिम्पियाधुराको जनसंख्या

तथ्यांक विभागले यो वर्ष २०७८ को जनगणनामा नेपाली भूमि लिपुलेक र कालापानीमा भौतिक उपस्थिति रहन नसकेको बताएको छ ।

विभागले जनगणनामा भारतीय अतिक्रमणमा परेको भूमिमा गणकहरुको भौतिक उपस्थिति नरहेनपनि प्रारम्भिक जनसंख्या तथ्यांक समेटिएको बताएको छ ।

विभागले भारतीय अवरोधका कारण  गणक त्यहाँ पुग्न नसकेपनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको बताएको हो ।

त्यस क्षेत्रसँग जोडिएको स्थानीय तहसँगको समन्वयमा वडा तहको गणना गरेर तथ्यांक संकलन गरिएको विभागको भनाइ छ ।