बढ्यो सुनको मुल्य, तोलामा कति ?

बढ्यो सुनको मुल्य, तोलामा कति ?

बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ कायम भएको हो । 

मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले नै बढ्दै ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने आज स्थिर रहँदै गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।