सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुग्यो

सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुग्यो

धनगढी । सुदूरपश्चिम प्रदेशका जनसंख्या २७ लाख नाघेको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार सुदूरपश्चिमको जनसंख्या २७ लाख ११ हजार २५० पुगेको हो ।

योसँगै सुदूरपश्चिम प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने पाँचौं प्रदेश भएको छ । २०६८ सालको जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो । भने १० वर्षको अवधिमा एक लाख ५८ हजार ७५३ बढेको हो ।

नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ। यस्तै नेपालको जनसंख्या १० वर्षमा २६ लाख ९७ हजारले बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।