सेती प्रयोगशालामा थप १८९ जनामा कोरोना संक्रमण

सेती प्रयोगशालामा थप १८९ जनामा कोरोना संक्रमण

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १८९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७८ नमुना परीक्षण गर्दा थप १८९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ६ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने ७ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा २३ जना संक्रमित विरामी उपचाररत छन् ।

ती मध्ये दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।