धनगढीको सेती प्रयोगशालामा कोरोना परीक्षण गर्दा ८ सय शुल्क लाग्ने (सूचनासहित)

धनगढीको सेती प्रयोगशालामा कोरोना परीक्षण गर्दा ८ सय शुल्क लाग्ने (सूचनासहित)

धनगढी । सेती प्रदेशिक अस्पतालमा कोरोना परिक्षण पिसिआर गर्दा शुल्क लाग्ने भएको छ । मंगलबार अस्पतालले एक सूचना जारी गर्दै स्वइच्छाले कोरोना परीक्षण गराउँदा आठ सय लाग्ने जनाएको हो ।

स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाइको निर्णय अनुसार पिसिआर जाँच गरेको अस्पतालले आठ सय तोकेको हो । वैदेशिक रोजगार वा अन्य प्रयोजन र स्वइच्छाले कोरोना गरे अबदेखि सरकारी अस्पतालमा ८ सय रुपैँया लाग्ने सेती प्रादेशिक प्रयोगशालाका इञ्चार्ज रमेश शाहीले जानकारी दिए ।

विशेषज्ञ चिकित्सकको सिफारिस विना पिसिआर गर्दा शुल्क लाग्ने उनले बताए । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण गर्दा ८ सय शुल्क तोकेको छ । यस्तै एक हजार पाँच सय शुल्क तिरेर निजी प्रयोगशालामा पिसिआर परीक्षण गराउन सकिनेछ । 

No description available.