धनगढीमा करिब ६ लाखको लगानीमा खुल्यो गीताञ्जली युनिसेक्स सैलुन

धनगढीमा करिब ६ लाखको लगानीमा खुल्यो गीताञ्जली युनिसेक्स सैलुन

धनगढी । कैलालीको धनगढीमा करिब छ लाख रुपैयाँ लगानीमा सैलुन सञ्चालन गरिएको छ । गीता पौडेलले गीताञ्जली युनिसेक्स सैलुन सञ्चालनमा ल्याएकी हुन । 

भन्सार रोडमा सञ्चालनमा आएको सो सैलुनमा लेडिज, जेन्स दुवैलाई सेवा दिइने उनले जनाइन । सो सैलुनमा महिला र पुरुषलाई कपाल र दारी काट्ने सम्बन्धी तालिम पनि सञ्चालन गरिने जनाइएको छ ।

तालिम लिएर बसेका महिला र पुरुषहरूलाई रोजगारीको पनि व्यवस्था भएको उनले बताइन् । सुदूरपश्चिम युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवर र जिफन्टका प्रदेश सचिव जितबहादुर मल्लले सैलुनको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।