बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि

बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । 

बुधबार दिउँसो ट्वीटरमा उनले लेखेका छन्, ‘सतर्कताका बाबजुद मलाई कोभि–१९ ले पुनः संक्रमण गरेको छ। पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।’ 

उनले कोरोनाको संक्रमण लक्ष्यण भने समान्य रहेको बताएका छन् । ‘लक्षण सामान्य छ। केही समययता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु,’ उनले लेखेका छन् ।  गत कात्तिकमा पनि डा. भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको थियो।