राष्ट्रिय सभा मतपरिणाम : सुदूरपश्चिमबाट जगत पार्की विजयी

राष्ट्रिय सभा मतपरिणाम : सुदूरपश्चिमबाट जगत पार्की विजयी

धनगढी । राष्ट्रिय सभा सदस्य पदमा सुदूरपश्चिमबाट माओवादी केन्द्रका उम्मेदवार जगत पार्की विजयी भएका छन् ।

पार्की सत्ता गठबन्धनबाट उम्मेदवार बनेका थिए । प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन् ।

यसअघि महिलातर्फ गठबन्धन उम्मेदवार एकीकृत समाजवादीकी गरिमा शाह पनि विजयी भएकी थिइँन् ।