पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा दर्ता

पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा दर्ता

नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालका सर्वाधिक गोलकर्ता समेत रहेका खड्कामाथि नक्कली शैशिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप छ ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आज नै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको उल्लेख छ ।