धनगढीमा एकजना प्रहरी हबल्दार मृत फेला

धनगढीमा एकजना प्रहरी हबल्दार मृत फेला

कैलाली । कैलालीमा एकजना प्रहरी हवल्दार मृत फेला परेका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहराका ‘पर्सनल सेक्युरिटी अफिसर’ समेत रहेका रमेशदत्त जोशी बुधबार मृत फेला परेका हुन् ।

हवल्दार जोशी आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । प्रहरीका अनुसार उनी केही दिनदेखि घरमा एक्लै बस्दै आएको थिए ।

आज परिवारका सदस्य घर फर्किदा उनी मृत फेला परेका डीएसपी जोशीले बताए । घटनाको अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।