आजको मौसम

आजको मौसम

हाल देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भुभागमा हुस्सु कुहिरो लागि रहेको छ।

दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ। राती प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ।

प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।