बैतडीमा बस दुर्घटना ६ जना घाइते,उद्दार कार्य जारी

बैतडीमा बस दुर्घटना ६ जना घाइते,उद्दार कार्य जारी

माघ १३ बैतडी,  बैतडीको पाटन पन्चेश्वर सडकखण्डमा बस दुर्घटना भएको छ । 

महेन्द्रनगर देखि मेलौलीतर्फ गइरहेको ना ७ ख २५७० न को पवनदुत यतायातको बस मेलौली नगरपालिका २ रौतगाउ भन्ने स्थानमा आज बिहान करिब ५ बजे दुर्घटना भएको हो ।  

सलेना प्रहरी चौकीका अनुसार  ६ जना घाइते भएका छन । उनिहरुको परिचय खुलेको छैन ।  उद्दार कार्य रहेको जनाईएको छ । बस सडकबाट अन्ताजी २० मिटर तल खसेको छ । घटनाको थप बिवरण आउन बाकी रहेको छ ।