स्वर्गीय स्वारको जन्म जयन्तीमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न तथा कपडा सहयोग

स्वर्गीय स्वारको जन्म जयन्तीमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न तथा कपडा सहयोग

धनगढी । स्वर्गीय दिपु स्वार जन्म जयन्तीको अवसरमा दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लुगा कपडा सहयोग गरिएको छ । स्वर्गीय दिपु स्वारको जन्म जयन्तीको अवसरमा दिपु सोसाइटी धनगढीको तर्फबाट दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लुगा कपडा सहयोग गरिएको हो ।

बुधवार एक कार्यक्रमका बिच बासु बमले दृष्टि फाउन्डेसनका कर्मचारीलाई खाद्यान्न तथा लुगा कपडा वितरण गरेका हुन् । उनका अनुसार खाद्यान्नमा नुन ५ केजी, च्युउरा ५ केजी , दाल ५ केजी, बिस्कुट १ कार्टुन, तेल १ कार्टुन र निरमा १० केजी हस्तान्तरण गरिएको हो ।

यस्तै लुगा कपडामा सुइटर ५ पिस ज्याकेट ५ पिस, धोती ७ पिस, ब्याउज ११ पिस, सुट जोडी १३ पिस, कुर्थी ९ पिस, म्याक्सी पिस, गामन ३ पिस, सल ३ पिस, टोपी ४ पिस, आउटर १ पिस, सुखाल ६ पिस लगायतको सामान वितरण तथा सहयोग गरिएको बताइएको छ । 

No description available.No description available.No description available.