राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने

राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने

राष्ट्रिय सभाको बैठक आगामी सोमबार १७ गते बस्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ १७ गते सोमबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेका संघीय संसद्‌का महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । 

यसअघि माघ ३ गते सोमबार बस्ने गरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक अघिल्लो दिन सूचना जारी गरी स्थगित गरिएको थियो। 

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण पछिल्लो समय संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक बस्न सकेको छैन।