धुर्मुस–सुन्तली पछाडी हटेपछि क्रिकेट मैदान बनाउन भरतपुर महानगरको गृहकार्य

धुर्मुस–सुन्तली पछाडी हटेपछि क्रिकेट मैदान बनाउन भरतपुर महानगरको गृहकार्य

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरपालिकाले गृहकार्य थालेको छ ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फाउन्डेसनले ३ वर्षअघि शुरू गरेको रंगशाला निर्माणको काम अहिले अलपत्र छ ।

आर्थिक संकटका कारण धुर्मुस–सुन्ततीले रंगशाला निर्माणको कामबाट हात झिकेपछि भरतपुर महानगरले सक्रियता लिएको छ । रंगशालाको काम अगाडि बढाउने विषयमा भरतपुर महानगरकी मेयर रेणु दाहालले बिहीवार सर्वपक्षीय अन्तर्क्रिया राखेकी छन् । 

सरकारले आर्थिक सहयोग गरेमा महानगरपालिका आफैंले रंगशाला निर्माणको काम गर्ने तयारी गरेको छ ।