दिल्लीमा हटाउन थालियो कोरोना रोक्न लगाइएका प्रतिबन्ध

दिल्लीमा हटाउन थालियो कोरोना रोक्न लगाइएका प्रतिबन्ध

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमण कम हुँदै गएपछि प्रतिबन्धहरू हटाइएका छन् । बिहीबार दिल्ली विपद् व्यवस्थापन निकाय (डिडिएमए) ले सप्ताहन्त कर्फ्यु हटाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

रात्रिकालीन कर्फ्यू भने जारी छ । यस्तै पसलहरू खोल्न लागु गरिएको जोर-बिजोर प्रणाली पनि हटाएको छ। दिल्लीका गभर्नर अनिल बैजलको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९को अवस्थाबारे समीक्षा गरेको थियो।

कोरोना अझै बढ्दै गए कडाइ गर्नेबारे पनि छलफल भएको थियो। बैठकमा मुख्यमन्त्री अरविन्द केजरीवाल पनि उपस्थित थिए । बैठकको निर्णय आदेश सार्वजनिक भएपछि कार्यान्वयनमा आउनेछ।