कैलालीको जनसंख्या ९ लाख, ७ हजार ८१६ पुग्यो, कुन पालिकाको जनसंख्या कति ? (सूचीसहित)

कैलालीको जनसंख्या ९ लाख, ७ हजार ८१६ पुग्यो, कुन पालिकाको जनसंख्या कति ? (सूचीसहित)

धनगढी । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कैलालीको जनसङ्ख्या ९ लाख, ७ हजार ८ सय १६ पुगेको छ । 

जनगणना २०६८ अनुसार कैलालीको जनसङ्ख्या ७ लाख, ७० हजार, २ सय ७९ रहेको थियो । यो तथ्याङ्क अनुसार कैलालीमा १० वर्षको अवधिमा १ लाख, ३७ हजार ५ सय ३७ जनसङ्ख्या थपिएको देखिन्छ । 

स्थानीय तह अनुसार धनगढी उप–महानगरपालिकामा सबै भन्दा बढी २ लाख, ४ हजार ७ सय ८८ र सबैभन्दा कम मोहन्याल गाउँपालिकामा २१ हजार, २ सय ८५ जनसङ्ख्या रहेको छ । 

कैलालीमा जनसङ्ख्याको हिसाबमा दोस्रो गोदावरी नगरपालिकामा ९९ हजार ९ सय ७४, तेस्रो लम्कीचुहा नगरपालिकामा ९० हजार, ९ सय ४१ र चौथो टीकापुर नगरपालिकामा ९० हजार ११५ जनसङ्ख्या रहेको छ ।

५० हजार, ४५७ जनसङ्ख्या रहेको कैलालीको कैलारी गाउँपालिका सुदूरपश्चिमकै सबैभन्दा बढी जनसङ्ख्या भएको गाउँपालिका भएको छ ।