सुदूरपश्चिममा थप ५५८ जनामा कोरोना पुष्टि, १३० जना डिस्चार्ज

सुदूरपश्चिममा थप ५५८ जनामा कोरोना पुष्टि, १३० जना डिस्चार्ज

धनगढी । बिहीबार सुदूरपश्चिम प्रदेशमा थप ५५८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार ९१३ नमुना परीक्षण गर्दा थप ५५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ३०७ नमुना पिसिआर गर्दा १९४ जना र एक हजार ६०६ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ३६४ जनामा संक्रमण देखिएको हो ।

यस्तै २४ घण्टामा १३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका १०० जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा २९ जना, गड्डाचौकी नाकामा ६० जना, झुलाघाट नाकामा ९ जना र पुलघाट नाकामा दुई जना गरी १०० जनामा संक्रमण देखिएको हो ।