सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु

सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी ।  कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिकाका ७५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

यही महिनाको ७ गते चेक गर्दा उनको रिपोट पोजेटिभ आएको थियो । उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए ।

उनी क्षयरोग सम्बन्धि विरामी भई उपचारको लागि अस्पताल आएका थिए । कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखाएको थियो ।