प्रदेश ७ मै माध्यामिक शिक्षा हुनुपर्ने बहिरा संघ माग

प्रदेश ७ मै माध्यामिक शिक्षा हुनुपर्ने बहिरा संघ माग

धनगढी । बहिरा संघ कैलालीले आर्थिक मामिला तथा योजना मन्त्री झपट वहादुर बोहरा समक्ष माध्यामीक तह सम्मको अध्ययन गर्न प्रदेशमै विध्यालय स्थापना गरिदिन माग गरेका छन ।

आज संघका जिल्ला अध्यक्ष दिनेश पनेरु लागाएत का बहिराहरुले मन्त्री बोहरालाई मन्त्रालयमै भेटी उक्त माग राखेका हुन् । बहिरा संघ केन्द्रिय अध्यक्ष के.पी अधिकारीले २०६८ को जनगणना अनुसार प्रदेश नम्बर ७ मा १० हजार ५ सय बहिरा अपांग रहेका बताए ।

उनले भने “प्रदेश नम्बर ४ कैलाली,२ कञ्चनपुर र एक एक पहाडी जिल्लामा गरि १३ ओटा बहिरा स्रोत कक्षा संञ्चालन भएपनि माध्यामीक तह सम्मका भने छैनन ।” अहिले प्रदेश ७ का बहिरा हरुले माध्यामीक तह अध्ययन गर्न बालुङ्ग या काठमाण्डौ जानुपरेको छ ।”

संघका अध्यक्ष के.पी अधिकारीले सरकार अपांग मैत्री त भयो तर अपांग भित्र पनि बहिरा अपांग मैत्री हुन नसकेको गुनासो गरे । उनले भने कार्यालय अपांग मैत्री भए विद्यालय अपांग मैत्री भए तर बहिरा मैत्री बनाउन भने दोभाषे आवश्यक पर्ने भएकोले सरकारले बहिरा अपांग मैत्री बनाउन सकेन ।

केन्द्रिय अध्यक्ष अधिकारीले प्रदेश सरकारले बहिरा व्यक्तिहरुको सामाजिक सशक्तिकरणका,बहिरा स्रोत कक्षा सञ्चालन र दोभाषेको व्यवस्था बजेट मा समावेश गरिदिन अनुरोध गरेका छन् । जवाफमा मन्त्री बोहराले आफु र प्रदेश सरकार १० ओटै क्षेत्रका अपांग हरुको हक,अधिकार र अपांग मैत्रीका प्रदेश बनाउन कानुन निमार्ण गर्न लागेको बताए ।