आजको मौसम

आजको मौसम

हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका तराइका भूभागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभाग लगायत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदलीको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।